पैशाले परम्परा जोगाउन गाह्रो

पुर्खाले दिएको सम्पती रुपैयाँ र पैसालाई मात्र दाँज्ने हाम्रो प्रचलनका कारण जिल्लामा रहेको ऐतिहाँसिक महत्वका विभिन्न कला र सँस्कृतिहरु अहिले लोप हुने अवस्थामा पुगेका छन् । परम्परागत रुपमा दैलेखमै भएका विभिन्न कला र सँस्कृतिहरुलाई पछिल्लो पुस्ताले महत्वपुर्ण सम्पती हो भन्ने हेक्का राख्न नसकेर हस्तान्तरण नभएकै कारण दैलेखमा निकै        पुराना सँस्कृतिहरु अहिले हराउँदै गएका छन् भने कही कही देखिएका सँस्कृतिहरु पनि तोडमोड भएर वास्तवीकता भन्दा फरक रुपमा प्रस्तुत हुँदै आएका देखिन्छन् । यतीवेला दैलेखमा त्यस्तै थुप्रै समस्याहरु देखिएका छन् । विगतमा  पुराना सँस्कृतिहरुलाई जोगाउने नाममा रकम र प्रायोजनका कारण झनै समस्यताहरु निम्तने देखिएको छ ।
कला सँस्कृति संरक्षणका लागि रकम आवश्यक हुन्छ तर त्यसको उपयोग कहिले र कुन समयमा गर्ने भन्ने तर्फ नभई प्रतिश्पर्धाको रुपमा यसलाई विकास गर्ने काम बढेका कारण दैलेखका ऐतिहाँसिक र सँस्कृतिक महत्वका कला सँस्कृतिहरु आजभोली हराउँदै जान थालेका छन् ।
जिल्लाको महत्वपुर्ण सँस्कृतिको रुपमा रहेको तीजको रौनक समेत आजभोली घट्दै गएको प्रति अधिकाँँस मेला भर्न गएकाहरुले चिन्ता व्यक्त गरेका छन् यसकालागि सम्वन्धित निकायहरुले समयमै सँस्कृति जागाउने वारे सोच्नुपर्ने बेला आएको छ । आयोजना र प्रयोजनले मात्रै सँस्कृति जोगाउन मुस्किल देखिने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार